खाडी मुलुक ओमनमा सरकारी र निजी क्षेत्रको लागि ईद अल अदा को बिदा

0
338
ईद अल अदा
loading...

खाडी मुलुक ओमनमा सरकारी र निजी क्षेत्रको लागि ईद अल अदा को बिदा

राजेश महर्जन, ओमन, स्टिम न्युजः खाडी मुलुक ओमनमा सरकार र निजी क्षेत्रको लागि ईद अल अदा को बिदा को घोषणा गरिएको छ।

loading...

टाइम्स अफ ओमन मा दिइएको जानकारी अनुसार ओमनका जनशक्ति मंत्री अब्दुल्ला अल बकरले निजी क्षेत्रका कर्मचारीहरूको लागि ईद छुट्टी को अगस्ट 19 आइतबार देखि बिहीबार 23 तारिखमा सम्म हुनेछ।”

ओमन न्यूज एजेन्सीका अनुसार सरकारी क्षेत्रका लागि छुट्टि आइतवार 19 तारिख देखि सुरु हुनेछ र बिहीवार, अगस्ट 23 मा अन्त्य हुनेछ। 24 र 25 तारिख शुक्रबार र शनिबार ओमनमा साप्ताहिक बिदा परेकाले अफिसियल काम पुनः आइतबार 26 अगस्ट बाट सुरुवात हुनेछ।

इद भित्रको रहस्य

‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ।

वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई अाफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।

यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छन जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ ।

Loading...

नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन “अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द” र यसको नेपाली अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्” भन्ने बुझिन्छ।

Facebook Comments

Loading...