कोरियामा ईपिएस कामदारले सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु

0
403
ईपिएस कामदारले
loading...

कोरियामा ईपिएस कामदारले सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु

अनिल गुरूङ, सन्  २०१३ मा कृषिमा काम गर्न कोरिया आएका एक जना नेपाली कामदारले आएको एक महिनामा नै लुकी चोरी मालिकको मोटरसाईकल हाक्न थाले । फूल उत्पादन गर्ने फर्मका मालिकले सांझ घर फर्कदा मोटरसाईकल फर्ममा नै छाडेर जान्थे । नेपाली भने लुकी चोरी मोटरसाईकल कुदाई हाल्थे ।

एक सांझ मालिक घर गए पछि, ८ बजेतिर बजारमा यसो एक राउण्ड लगाएर आउं भनेर मोटरसाईकल हाकेका ती युवक, फर्केर कहिल्यै कम्पनी आएनन् । उनीले मोटरसाईकल दुर्घटनामा घटनास्थलमा नै ज्यान गुमाउन पुगे । मैले तिनको शव हेर्दा, अनुहार सम्म चिन्न नसकिने अवस्थामा थियो । अचम्म के भने, ती युवकको कोरियामा सवारी हाक्ने लाईसेन्स नै थिएन ।

२०१५ मा मोटरसाईकलमा भएको एक दुर्घटनामा कोरियामा एकैसाथ दुई जना नेपालीले ज्यान गुमाउनु परेको थियो । उक्त दुर्घटनामा प्रयोग भएको मोटरसाईकल उच्च गतिमा रहेको बुझिएको थियो ।

हाम्रो देश नेपालमा मोटरसाईकल निकै चलन चल्तीमा रहेको छ । छोरा वा छोरी एसएलसी पास भयो कि, चहियो पल्सर वा स्कुटी । आमा बुवालाई डिमाण्ड पुर्याउन हैरान् । तर कुरो मोटरसाईकल उपलब्ध गराउने मात्रै होईन, सुरक्षाको पनि छ । भर्खरै प्रकाशित एक तथ्यांक अनुसार नेपालमा एक बर्षमा करीब ३०० जनाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।

नेपालको यो रोग हामी नेपालीहरुले कोरियामा पनि लिएर आएका छौ । कोरियाको बाटो नेपालको भन्दा चौडा, कोरियाको मोटरसाईकल नेपालको भन्दा ज्यांगो । अनि यसो कम्पनीको कामबाट फुर्सद मिल्यो कि, कुदायो छोराले मोटरसाईकल, अनि लगेर ठोक्यो डयाम्म, अनि सररररर ।

मोटरसाईकल यातायातको सबै भन्दा असुरक्षित साधन हो । यसो चिप्लियो कि गयो । सानो गल्तीले पनि ज्यान जान सक्छ । कोरियामा पनि थुप्रै नेपालीहरु मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका छन् भने कतिको मृत्यु भई सकेको छ ।

loading...

पछिल्लो तीन बर्षमा मात्र चार जना नेपालीहरुले मोटरसाईकल दुर्घटनामा ज्यान गुमाई सकेका छन् भने करीब ८ जना गम्भिर रुपमा घाईते भएका छन् । घाईतेहरु पनि लामो समय सम्म उपचार गराउनु परेको तथा पछि काम गर्न पनि नसक्ने अवस्थामा पुगेको देखिन्छ । फेरी जतिपनि दुर्घटनामा ज्यान गुमाएकाहरु छन् तिनीहरुको लाईसेन्स नै थिएन । कोरियालीहरु तुल्नात्मक रुपमा धेरै कम मोटरसाईकल प्रयोग गर्छन् ।

यहां प्राय पसलेहरुले सामान ढुवानीमा यसलाई प्रयोग गरेको देखिन्छ । यहांको मौसम मोटरसाईकल प्रतिकूल छ भने यहांका राजमार्ग वा द्रुत मार्गहरुमा मोटरसाईकल चलाउन निषेध छ । यातायातका अन्य साधनहरु सहजै उपलब्ध छ । फेरी दुर्घटना भयो भने गल्ती गर्नेले ठूलो क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ ।

नेपालमा बायांबाट चलाईने सवारीहरु यहां दायांबाट संचालन गरीन्छ भने कोरियामा सडक तथा ट्राफिक व्यवस्थापन आधुनिक तथा ईलोक्ट्रोनिक भएको हुनाले हामी नेपालीहरुका लागि यहांको सिष्टम सहज छैन् । सानो गल्तीले पनि ज्यान जान सक्छ ।

अब यक्ष प्रश्न उठ्छ, कोरियामा मोटरसाईकल चलाउने कि नचलाउने ? प्रश्नको सहज उत्तर छ नचलाउने । नेपालमा जस्तो यहां सार्वजनिक यातायातको साधनको समस्या छैन । बस, ट्रेन, ट्याक्सीको पर्याप्त सुविधा भएकोले मोटरसाईकल चलाउन आवश्यक छैन । हामी कोरियामा मोटरसाईकल चलाउन आएका पनि होईनौ ।

अन्य साधनको प्रयोग गर्ने तर मोटरसाईकल नचलाउने तथा मोटरसाईकल कसैले चलाएछ भने पछाडि पनि बस्दै नबस्ने । तर चलाउनु नै पर्छ, नचलाई गुजारा छैन भने के गर्ने ?

सवारी चलाउँदा के के कुरामा ध्यान दिनु पर्छ कोरीयामा

१. आफूले नेपालबाट लिएको सवारी चालक अनुमतिपत्रलाई राजदूतावासबाट प्रमाणित गराई कोरियाली यातायात सम्बन्धी कार्यालयबाट कोरियाली अनुमतिपत्र लिने ।

२. कोरियामा रहेका डाईभिंग ईन्सीच्युटबाट पर्याप्त तालिम लिने ।

३. सवारी सम्बन्धी सम्पूर्ण बीमा गर्ने । आफू पूर्ण रुपमा जानकार तथा अभ्यस्त भएपछि मात्र कानूनको परिधिभित्र रहेर मोटरसाईकल चलाउने ।

४. आफूले चलाउने मोटरसाईकलको वैधानिक दर्ता तथा अन्य कागजात ठीक छ कि छैन, राम्रोसंग एकिन गरेर मात्र मोटरसाईकल चलाउने ।

५. ट्राफिक नियमको पूर्ण पालना गर्ने । बढी सि.सि. को मोटरसाईकल यथाशक्य नचलाउने । जाडोमा मोटरसाईकल नचलाउनु बेस ।

Loading...

हेनेको बाट  अनिल गुरूङको लेख साभार गरीएको

Facebook Comments

Loading...