गर्भ जँचाउनेलाई अण्डा उपहार

0
235
अण्डा उपहार
Advertisement

गर्भ जँचाउनेलाई अण्डा उपहार

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ५ की शर्मिला मगर ६ महिनाकी गर्भवती हुन् । उनले ४ र ६ महिना गरी दुईपटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराइसकेकी छन् ।

Loading...

यसरी गर्भ जाँच गराउँदा उनले गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खतराका चिन्ह, पूर्वतयारी तथा स्वास्थ्य संस्थामा सुत्केरी हुँदा हुने फाइदाका विषयमा जानकारी मात्र पाइनन्, उपहार स्वरुप कुखुराका अण्डा समेत पाइन् ।

स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गराउने गर्भवतीलाई अण्डा उपहार दिने गरिएको हो । हाल उक्त गाउँपालिकाको वडा न.५ मा यो कार्यक्रम चलिरहेको छ ।आजको नागरिक दैनिकमा खबर छ।

गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले तत्कालिन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान संचालन गरेको हो ।

Facebook Comments

Loading...