भुकम्प स्मारक नयाँ किन बनाउनु?

0
889
धरहरा

भुकम्प स्मारक नयाँ किन बनाउनु?

भुकम्प स्मारक बनाउने सरकारी घोषणा चल्ने वित्तिकै मेरो मनमा यही कुरा खेलेको थियो । किन बनाउनु पर्यो नयाँ संरचना ? जनता पालमा बसेका छन त्यो बेलामा किन स्मारकको लागि खर्च अस्वभाविक भयो की ? हुन त न सरकारी पहल यो बारेमा त्यती भयो न त्यो बेलामा घोषणा गर्ने देशकै धनि, अष्ट्रेलियाका धनि, विदेशी सरकारहरू वा दातृ निकाय को पनि । सबैले घाउ हेरेर चुकचुकाइ रहे । मल्हमको आश देखाए लागाउन कोही आएनन ।

Bishal Gautam Stim Newsन स्मारक बन्यो न पिडितका घर! हामीले दिएका सुझाब बस सुझाब मात्रै भए । ढलेर बाँसको घना काटेर छुट्टीए जस्तो बिरूप देखीएको धरहरा हेर्दा अझै पनि चसक्क बिझ्छ । हो त्यही बिझाइ शिक्षा बन्न सक्छ हाम्रो दोश्रो पुस्ता वा तेश्रो पुस्ताका लागि । त्यसैले पनि मेरो निजी विचारमा त्यही बाँसको ठुटो आकारमा रहेको धरहरालाइ त्यही रहेको इटा तथा बज्रबाट बलियो र त्यही स्वरूप बर्षौं टिक्ने र त्यस्तै देखीने गरी भुकम्प प्रतिरोधी तबरले जग समेत बनाउने ।

अहीले देखीएको ठुटो धरहरालाइ स्वरूप परिवर्तन नहुनेगरी बलियो हुनेगरी बज्र तथा चुनले अन्तीम रूप दिने तथा प्रवेश द्वारमा नै “२०७२ सालको भुकम्पमा परी दिवंगत हुनुभएका आत्माले परलोकमा चिरशान्ती पाइरहुन । हामीलाइ यस विपतबाट अघी बड्ने साहस र आत्मबल मिलिरहोस ।” वा कुनै समवेदना शिला लेखमा लेखी राखीने व्यवस्था गर्दा नयाँ स्मारक बनाउने खर्च पनि कम हुन्छ । नेपालको पहिलो जनताको छोरोले बनाएको धरोहर पनि बचिरहन्छ र हामीलाइ कुन जोखीममा छौं र यसबाट बच्न केके गर्नु पर्छ भनेर पनि झक्झकाइ रहन्छ ।

यसबाहेकका सबै संरचना जे जस्तो स्वरूपमा थिए त्यसलाइ ठिक त्यसै स्वरूपमा बनाउने हो भने पर्यटकीय भाषाको गोल्डेन ट्रयांगलको पहिलो एंगल पनि रहीरहन्छ । धरहरा बन्नु अघी सबै निर्माण राजा महाराजा वा रानीहरूका आदेशमा बनेका थिए यो नै पहीलो जनताको छोरोले बनाएको संरचना हो यसको पनि इतिहास कालान्तर सम्म रहीरहनु पर्छ । नयाँ बनाउदा यसको मर्म घट्दछ । यसको मर्म पनि नघट्ने, स्मारक पनि बन्ने, नयाँ स्मारक बन्ने खर्चले पुर्नवास र पुर्ननिर्माणमा सहयोग पनि पुग्ने ।

९० साल हाम्र बुवाहरूले बिर्से हामी त तेश्रो पुस्ता हौं । भोली यो घाउमा पनि खाटा बस्छ हामी फेरी लापरबाह तरीकाले घर तथा संरचना हरू निर्माण गरी रहन्छौं । अब पुर्नसंरचना गरीने धरहराले सबैलाइ सँधै सजग गराउने छ ।

मेरो विचार संग मिल्ने लेख फेसबुमा डा. बसन्त गिरीको वालमा फेला फारे त्यसलाइ जस्ताको तस्तै तल राखेको छु ।

हाम्रा पुर्खाले त्यतिबेला जस्तो प्रबिधी उपलब्ध थियो त्यहि अनुसार धरहरा बनाए । त्यसले भुइचालो थाम्न सकेन । अब फेरी सोहि ठाउमा सोहि स्तम्भ बनाउनै पर्छ भन्ने के छ? पुनर्निर्माण किन गर्ने? यत्तिकै संरक्षण गरेर राखे हुदैन? मलाइ अहिलेको धरहरा भएको ठाउमा फेरी धरहरा बनेको हेर्न मन छैन । आफ्नो आफ्नो मन हो । आफ्नो आफ्नो तर्क हो । धरहरा अब नबनाएकै ठिक । यत्तिकै संरक्षण गरेर राख्दा उक्त क्षेत्र भएर आउने जानेलाइ सधै सम्झाइदिञ्छ, झस्काइदिन्छ कति ठुलो क्षेती भएको थियो ७२ सालको भुइचालोले भनेर । मान्छेहरुलाइ नया घर बनाउदा घोची रहञ्छ । भुइचालो थेग्न सक्ने संरचना बनाउनुपर्छ भनेर झक्झकाइ रहन्छ । हामी नेपालीको जे पनि चाडै बिर्सिदिञ्छौ । यो स्तम्ब नबनाई राख्यो भने कम्तिमा पनि यसले हामीलाई सम्झाई रहनछ, अलार्मले बिहान उठ्न सम्झाइदिए जस्तै । भुइचालो त ९० सालमा पनि गएको हो । धरहरा भत्केको हो तर धरहरा फेरी बन्यो अनि संगसंगै हाम्रो बाउ पुस्ताले बिर्सियो महाविपत्तिको बोध भएन ।
सम्झना रहोस सन २००१ को सेप्टेम्बर ११ गते आतंककारीको हमलामा परि अमेरिकाको न्युओर्कमा रहेका ट्विन टावर भनिने बिस्व ब्यापार केन्द्रका गगन चुम्बी भवनहरु ध्वस्त भएका थिए । अहिले सोहि टावरको जग भएको ठाउमा स्मारक भनाइएको छ । यसै गरि दोस्रो बिस्वयुद्दले ध्वस्त जापानको हिरोशिमा सहर बिनासको सम्झना स्वरुप त्यहा बाकि रहेको जेंबाकु डोमलाइ हिरोशिमा शान्ति स्मारकको रुपमा जस्ताको त्यस्तै राखिएको छ । विस्व्भारी कुनै कारणले ध्वस्त भएका महवपुर्ण भवन वा अन्य संरचनाहरु जस्ताको त्यस्तै राखेर स्मारक र संग्रहालय बनाइएका उदहरणहरु प्रसस्तै छन ।
जतिबेला धरहरा बनाइयो, त्यसको ओरिपरि धेरै खाली जग्गा थियो होला । घरहरु कम थिए होलान, अलि पर पर थिए होलान । तर अहिले हेर्नुस त कति धेरै संरचना छन् धरहरा को ओरिपरि, नजिकै नजिकै सम्म । अब यति अग्लो धरहरा बनाउने नै हो भने पनि यो ओरिपरिको घरहरुले गर्दा उपर्युक्त हुदैन । त्यसैले अहिले भत्केको धरहरालाई जे जस्तो छ यस्तै अवस्थामा राखौ । यसलाई हजारौ हाम्रा मृतकहरु र लाखौ भत्केका घरहरुको सम्झना आउने गरि स्मारक बनाउ । यो विपत्तिले मृत्यु भएकाहरुको सकेसम्म फोटो राखौ, सम्भब नभए नाम तामाको प्लेटमा कुदेर राखौ । ओरिपरि स्मृति उद्यान बनाउ । रुखहरु र फुलहरु रोपौ । यो कहाली लाग्दो समय र बिपदको पुस्तौ पुस्ता सम्म सम्झना होस । सुन्धारा क्षेत्रलाई सम्मान प्रकट गरौ र पबित्र क्षेत्रको रुपमा बिकास गरौ । अहिले ढलेको भुइचालोले हामी नेपालीलाइ मात्रै नभएर संस्सर भरिका मान्छेलाई छोएको छ । संसारभरिका मान्छेहरु रोएका छन । स्मारक बनाएर अहिलेकै अवस्थामा राख्यो भने, ट्वीन टावर भत्केको ठाउमा दैनिक हजारौ पर्यटक हेर्न गए जस्तै सुन्धाराको क्षेत्र पनि पर्यटकिय आकर्षणको केन्द्र पक्कै हुन्छ ।

 

Facebook Comments