बर्षाको समयमा आफुलाई सुन्दर बनाउनको लागी यी उपायहरु अपनाउनुहोस !

0
356
loading...

बर्षाको समयमा आफुलाई सुन्दर बनाउनको लागी यी उपायहरु अपनाउनुहोस !

बर्षाको समयमा महिलाहरुलाई आफुलाई सुन्दर राख्नु निकै ठुलो चुनौतिको बिषय हुने गर्छ । पानीले महिलाको मेकअप बिगार्ने भएकाले उनीहरुलाई गाह्रो हुने गर्छ । हरेक महिलाको चाहाना आफु बाहिर निस्कदा सुन्दर भएर निस्किम भन्ने हुन्छ । अरुलाई आफुतिर आकर्षित गर्ने रहर कसलाई पो हुदैन र ?

यस समयमा सुन्दर बन्न अपनाउनुहोस यस्ता उपायहरु :

१) सरसफाईमा ध्यान दिने : बर्षाको समयमा हाम्रो हातखुटाहरुमा फोहोर धेरै बस्ने भएकाले यस्ता भागहरुलाई सफा राख्न कुनै पनि लापरवाही गर्न हुदैन । बाहिरबाट आउने बित्तिकै हातखुट्टा सफा गरेर मात्र भित्र पस्नुपर्छ ।

loading...

२) टोनिङ गर्नु : वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्नुहोस् ।

३) मोश्चराइजेशन गर्नु : वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा रुझ्दा छाला ड्राइ भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल फ्रि मोश्चराइजर लगाउनुहोस् ।

४) ड्राइ रहनु : वर्षामा हामी ओसिलो हुन्छौं । यस्तोमा इन्फेक्सनको खतरा हुन्छ । सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउनु होस् ।

Loading...

५) घामबाट बच्नु : पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिकसेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्क्रीन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई सुरक्षित राख्छ ।

Facebook Comments

Loading...