तपाइको वेबसाइट डोमेनले काम गरेन? यस्तो छ कारण !

0
93
महिलाको नग्न फोटो, वेबसाइट डोमेनले
loading...

तपाइको वेबसाइट डोमेनले काम गरेन? यस्तो छ कारण !

एजेन्सी/ विश्वका इन्टरनेट प्रयोगकर्ताले आगामी ४८ घण्टामा कुनैबेला पनि नेटवर्क फेलयरजस्तो समस्या सामना गर्न सक्ने बताइएको छ । प्रविधि विशेषज्ञका अनुसार साइबर आक्रमणबाट जोगिनका लागि विश्वका मुख्य डोमेन सर्वरको मर्मतसम्भार हुँदैछ ।

विश्वका मुख्यमुख्य डोमेन सर्वरमध्ये डटकम, डटइन, डटओआरजीलगायतका वेबसाइट डाउन हुन सक्नेछन् ।

रुसबाट प्रकाशित रसिया टुडेका समाचारअनुसार सबै डोमेन सर्वरको नेटवर्क इन्फ्रास्ट्रक्चर चुस्तदुरुस्त बनाइनेछ । यस्तो अवस्थामा केही समयसम्म अधिकांश वेबसाइटले काम गर्ने छैन ।

loading...

रिपोर्टका अनुसार इन्टरनेट कर्पोरेशन अफ असाइन्ड नेम्स एण्ड नम्बर्स (आईसीएएनएन) मर्मतसम्भारका क्रममा क्रिप्टोग्राफिक–कीमा समेत परिवर्तन गरिने छ ।

यसबाट इन्टरनेट एड्रेस बुक र डोमेन सिस्टमको सुरक्षा प्रणाली बलियो हुनेछ । साथै साइबर आक्रमणको असरबाट वेबसाइटहरु जोगिने छन् ।

आईसीएएनएनका अनुसार साइबर आक्रमणबाट बच्नका लागि यो निकै आवश्यक कदम हो । कम्युनिकेसन्स रेगुलेटरी अथोरिटी (सीआरए) ले यदि नेटवर्क अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर यो परिवर्तनका लागि तयार भएनन् भने उनीहरूको प्रयोगकर्ता प्रभावित हुन सक्छन् ।

Loading...

यदि प्रयोगकर्ता पुरानै आईएसपी प्रयोग गरिरहेका छन् भने उनीहरूले ४८ घण्टासम्म वेबपेज एक्सेस गर्ने र कुनै प्रकारको ट्रान्जेक्सन गर्न समस्या भोग्नेछन् ।

Facebook Comments

Loading...