धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सव

0
माघे सक्रान्ती महोत्सव
Advertisement

धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सव

धनकुटा । पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सव हुने भएकोे छ । कृषि पर्यटन र मौलिक संस्कृतिको सम्मान, आर्थिक समृद्धि र विकासमा साँगुरीगढी नाम्जे थुम्कीको पहिचान भन्ने मुल नाराका साथ यही पौष ३० गते देखि माघ २ गते सम्म साँगुरीगढी गाउँपालिका – ६ मा महोत्सव आयोजना गरीने  भएको छ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, कृषि पर्यटन होटल व्यवसाय होमस्टे,व्यापार साँस्कृतिक र शिक्षा क्षेत्रको प्रबर्धनमा टेवा पुग्ने लक्ष्य रहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष अनिलकुमार रानाले जानकारी दिए ।

महोत्सवको आकर्षणमा स्थानीय आर्गनिक तथा जातिय खानेकुराहरुको प्रदर्शनी, मौलिक परम्परागत साँस्कृतिक झाँकी लगायत रहने जनाईएको छ । २० वटा स्टल रहने महोत्सवमा १० हजार पर्यटक भित्राउने र ५० लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य महोत्सवमा रहेको आयोजक समितका सचिब अशोक कुमार मगरले जानकारी दिए ।

नाम्जे थुक्की गाउँ २ सय ४० भन्दा वढी मगर समुदायको वसोवास रहेको छ । यस ठाउँमा २०६८ साल देखि होमस्टे समेत सञ्चालन भइरहेको छ । अहिले २२ ओटा होमस्टे घर र ३० भन्दा बढी होटल तथा लजहरु संचालनमा छन् ।

Loading...

Facebook Comments

Loading...