दशैमा टिका लगाउदा दिने आशिष र त्यसको अर्थ…..

0
442
टिका लगाउदा दिने आशिष,टीकाको दोस्रो दिन

दशैमा टिका लगाउदा दिने आशिष र त्यसको अर्थ…..

विजयादशमीको टिका विशेष गरी आशिर्वाद प्राप्त गर्नका लागि थापिन्छ । आफूभन्दा ठूला बडाले संस्कृत भाषाको मन्त्र जप्दै टिका लगाईदिएको पनि हामी धेरैले सुन्दै आएका छौ । तर यसरी टिका लगाउदा के मन्त्र जप्नुपर्छ र त्यसको अर्थ के हो भन्ने हामी धेरैलाई थाहाँ नहोला । दशैंमा दिने आशिर्वादको मन्त्र के हो त हेरौ :

मन्त्र :
ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||

अर्थ :
अश्वत्थामाको समान लामो आयु , राजा दशरथका समान ख्याती , राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता , राजा नहुषका समान ऐश्वर्य , वायुको समान वेग , दुर्योधनका समान मान-सम्मान , सूर्य पुत्र कर्णका समान दानी ,बलरामका समान बलशाली , कुन्ती पुत्र युधिष्ठिरका समान सत्य वादी , विदुरका समान नीतिज्ञ र भगवान नारायणका समान कीर्तिशाली बन्नसकियोस् ||

loading...

मन्त्र :
भद्रमस्ति शिवँ चास्तु महालक्ष्मी प्रसीदतु |
रक्षतु त्वाँ सदा देवा आशिष: सन्तु सर्वदा ||

अर्थ :
कल्याण होस्, महालक्ष्मी प्रसन्न हुनुहोस्, देवताहरुले सधै रक्षा गरिरहुन् , सधै महापुरुषहरुको आशीर्वाद लागिरहोस् |

मन्त्र :
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी |
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ||

जय त्वॅँ देवी चामुन्डे जय भूतार्तिहारिणी |
जय सर्वगते देवी कालरात्री नमोsस्तुते ||

अर्थ :
जयन्ति , मङ्गला , काली ,भद्रकाली ,कपालिनी ,दुर्गा ,क्षमा , शिवा , धात्री , स्वाहा , स्वधा , नामले प्रसिद्ध तिमिलाई नमस्कार छ |
देवी, चामुन्डे! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी ! तीम्रो जय होस् | हे कालरात्री ! तिमिलाई नमस्कार छ |

मन्त्र :
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके | शरण्येत्र्यम्बके गौरि नारायणी नमोsस्तुते ||

Loading...

अर्थ :
सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ |

loading...

Facebook Comments

Loading...