विश्वकप सेमिफाइनलको दोश्रो खेल आज, इङ्ल्यान्ड र क्रोएसिया को बलियो ?

0
46

विश्वकप सेमिफाइनलको दोश्रो खेल आज, इङ्ल्यान्ड र क्रोएसिया को बलियो ?

काठमाडौं, असार २७ । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको खेलमा इङ्ल्यान्ड र क्रोएसिया भिडदैछन्। बुधबार राती पौने  १२ बजे यो खेल रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुनेछ ।

क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ ।

ग्यारेथ साउथगेटले टोलीको प्रशिक्षण समालेयता उसले उत्कृष्ट लय देखाउँदै आएको छ ।

जारी प्रतियोगितामा समुह चरणको खेलमा बेल्जियमसँग पराजित भएको इङ्ल्यान्डले बाँकी सबै खेल जितेको छ ।

उता क्रोएसिया पनि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सन् १९९८ को विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको क्रोएसिया आज फाइनलमा पुग्दै नयाँ इतिहास रच्न चाहन्छ ।

रियाल मड्रिडका लुका मोड्रिच र बार्सिलोनाका ईभा राकिटिच जस्ता मिडफिल्डरहरुले क्रोएसियन टोलीलाई विश्वस्तरका बनाएका छन् ।

यी दुई टोलीहरुको हेड टु हेड रेकर्ड हेर्दा इङ्ल्यान्ड बलियो देखिन्छ ।

दुई टोली एक आपसमा ८ पटक भिडेका छन् । जसमा इङ्ल्यान्ड ४ पटक विजयी भएको छ भने क्रोएसिया दुई पटक विजयी भएको छ । बाँकी दुई खेल बराबरीमा सकिएका छन् ।

आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्नेछ ।

Facebook Comments

Loading...