क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन !

0
114
रोनाल्डोलाई बलात्कारको आरोप
loading...

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन !

एक अमेरिकन युवतीले बलात्कार गरेको आरोप लगाएपछि पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको हो ।

उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने पनि बताएका छन् ।
तर रोनाल्डोले भने आफूमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै आफ्नो नाम डेरजो र्चाचमाउ आनका लागि मात्रै आफूमाथि बलात्कारको आरोप लागएको बताएका छन् ।

उनले भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार प्रकाशित गर्दै रोनाल्डोमाथि आरोप लगाउने जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएको छन्।

loading...

वकिलहरुले उक्त सबै घटना झुटो भएको र रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् । रोनाल्डोका वकिल क्रिस्टियन सर्जले भने, ‘रोनाल्डोमाथि लागइएको आरोप झुटो हो । यसले रोनाल्डोको प्रतिष्ठामा प्रश्न उठेको छ र यसको कारवाही हुनुपर्छ । व्यक्तिगत अस्मितामाथि आँच पुर्याउने कार्य मान्य हुने छैन ।’

व्यापारिक प्रायोजक कम्पनीहरू चिन्तित्

रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ।

अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार नाइकिले यी आरोपबाट उत्पन्न स्थितिको नजिकबाट अनुगमन गरिरहने बताएको छ।रोना ल्डोका अर्का प्रायोजक इए स्पोर्ट्सले पनि उस्तै टिप्पणी गरेको छ।

Loading...

रोनाल्डोमाथि सन् २००९ मा लस भेगासको एक होटलको ३४ बर्षिया अमेरिकन महिलालाई बलात्कार गरेको आरेप लागेको छ । कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर महिलालाई ३ लाख पचहत्तर डलर दिएको महिला आरोप लगाएकी छिन् । त्यसबेला मायोर्गाले लास भेगास पुलिसमा रिपोर्ट पनि दर्ता गराएकी थिइन् ।

Facebook Comments

Loading...