क्रीकेटर सन्दीप लामिछानेको ‘भेटुँ कसरी’ बोलको दोस्रो गीत सार्वजनिक (भिडियो)

0
234
loading...

क्रीकेटर सन्दीप लामिछानेको ‘भेटुँ कसरी’ बोलको दोस्रो गीत सार्वजनिक (भिडियो)

युवा क्रिकेटर सन्दीप लामिछाने अहिले राष्ट्रिय तथा अनतर्राष्ट्रिय विभिन्न क्लबबाट क्रिकेट खेल्न व्यस्त छन् । तर, जस्तोसुकै व्यस्त समयलाई चिर्दै उनले आफ्नो कला देखाउन छाडेका छैनन् ।

केही महिनाअघि मात्र ‘उदास’ बोलको गीत गाएर चर्चामा आएका उनले खेलबाट बाँकी बचेको समयको सदुपयोग गर्दै अर्को गीत ‘भेटुँ कसरी तिमीलाई’बोलको गीत लिएर युट्युबमा आएका छन् ।

उनको आफ्नो एल्बम ‘प्रतिक्षा’का लागि गाएको यस गीतमा राजन मगर र सन्दीपको शब्द रहेको छ भने संगीत राजन मगरको रहेको छ । उनले आफ्नो खुबी देखाउँदै शुक्रबार लिरिकल भिडियो सार्वजनिक गरेका हुन् ।

Loading...

loading...

Facebook Comments

Loading...