‘छक्का पञ्जा ३’को चार दिनमा चार करोडभन्दा माथि कमाइ

0
180
loading...

‘छक्का पञ्जा ३’को चार दिनमा चार करोडभन्दा माथि कमाइ

विराटनगर/ दशैंको छेको पारेर घटस्थापनाको दिन प्रदर्शन आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले दिन प्रतिदिन व्यापारमा तहल्का पिट्दैछ । गत बुधबारबाट देशका २ सय हलहरुमा प्रदर्शन गरिएको यस चलचित्रले आज पाँचौ दिनमा प्रवेश गरेको ।

loading...

निर्माता एवं कलाकार दीपकराज गिरीका अनुसार गत बुधबारबाट प्रदर्शनमा आएको यस चलचित्रले दिनमा करौडौंको व्यापार गरिरहेको छ । बुधबार, बिहीबार र शुक्रबारको तुलनामा शनिबारको व्यापार उत्कृष्ट रहेको दीपकको अनुमान छ । शनिबार बिदाको दिन भएका कारण पनि देशै भरका अधिकांश चलचित्र घरमा दर्शकको ओइरो लागेको थियो ।

शनिबार चलचित्र छक्का पञ्जा ३ उपत्यकाका ५ वटा क्युएफएक्स अन्तर्गत ३२ शो भएको थियो भने पाएका सबै शो हरुले हाउसफुल व्यापार गरेको थियो । चलचित्रले ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन गरेको गिरीले जानकारी दिए ।

यस चलचित्रले नेपालको पछिल्लो शैक्षिक बेथितिको विषय उठान गरेको छ । फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले मुख्य भूमिकामा काम गरेका छन् ।

त्यसैगरी, फिल्ममा अतिथि कलाकारका रूपमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, सन्जोग कोइरालाले पन अभिनय गरेका छन् ।

Loading...

Facebook Comments

Loading...