विवेकशील साझाले डाक्यो केन्द्रीय समिती बैठक, संयोजक थापाको प्रतिवेदन बारे छलफल हुने !

0
विवेकशील विवेकशील साझाको प्रदेश,उज्वल थापाको प्रतिवेदन
bibekshil sajha party
Advertisement

विवेकशील साझाले डाक्यो केन्द्रीय समिती बैठक, संयोजक थापाको प्रतिवेदन बारे छलफल हुने !

काठमाडौं : विवेकशील साझा पार्टीले केन्द्रीय समितीको बैठक डाकेको छ। संयोजक उज्वल थापाले मूल्यमान्यताको राजनीतिमा ह्रास आएको तथा पार्टीमा शक्तिको केन्द्रीकरण भएको लगायतका विषय उठाएर प्रतिबेदन पेश गरेपछि त्यस बारे निर्णय गर्न पुष ३० गते वैठक डाकेको हो।

Loading...

पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्षसहित संयोजक थापाले पार्टी सदस्यहरूलाई १८ पृष्ठ लामो प्रतिवेदनमा पठाई राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन्। उनले अब पार्टीमा नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने पनि बताएका छन्।

सडक अभियानहरूबाट चर्चामा आएको थापाको नेतृत्वमा रहेको विवेकशील पार्टी र पूर्व पत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा गठित साझा पार्टीबीच २०७४ साउन १९ गते एकता भएको थियो। एकीकरणपछि बनेको ‘विवेकशील साझा पार्टी’ मा थापा र मिश्र दुबै संयोजक छन्।

पढ्नुस् के छ उज्ज्वल थापाको १८ पृष्ठ लामो प्रतिवेदनमा ?

Facebook Comments

Loading...