धादिङमा बस पल्टियो, ३१ जना घाइते

0
हाइसले ठक्कर, बिद्यार्थी बोकेको बस,माइक्रो बसले ठक्कर,धादिङमा बस
Advertisement

धादिङमा बस पल्टियो, ३१ जना घाइते

काठमाडौं। काठमाडौंबाट् बर्दियातर्फ जाँदै गरेको बस आइतबार बिहान धादिङको बेनी घाटरोराङ गाउँपालिका-९ हुग्दी पुलनजिकै दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

तीव्र गतिमा गुडेको बा २ ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना सवार थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग सञ्चालन भएको छ ।

Loading...

Facebook Comments

Loading...