‘सीमा सुरक्षामा खतरा’ बढेको भन्दै नेपाली रेडियो प्रशारणमा भारतको रोक

0
184
सीमा सुरक्षामा खतरा
loading...

‘सीमा सुरक्षामा खतरा’ बढेको भन्दै नेपाली रेडियो प्रशारणमा भारतको रोक

भारतले नेपाली रेडियोबाट सीमा सुरक्षामा खतरा देखिएको भन्दै प्रशारणमा रोक लगाएको छ । भारतको उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा केही नेपाली रेडियोले भारत विरोधी प्रचार गरेका कारण प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रशारण बन्द गराउन निर्देशन दिएको भारतको दैनिक अखबार ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ ।

loading...

नेपालसँग सीमा जोडिएका उत्तराखण्ड, उत्तर प्रदेश, बिहारका केही जिल्लामा स्थानीय केबल अपरेटरले नेपाली रेडियो प्रशारण गर्दै आएका छन् ।

केही रेडियोले नेपाली गीतका साथै भारतसँगको सीमा विवाद, भारतीय सुरक्षा बलको ज्यादति, विगतमा भएको माओवादी जनयुद्धसम्बन्धी विभिन्न सामग्री प्रशारण गर्दै आएका कारण नेपाली रेडियो प्रशारणमा रोक लगाइएको उक्त अखबारमा उल्लेख छ ।

भारतीय गुप्तचर स्रोतले सीमा क्षेत्रका नेपाली रेडियोबाट भारतविरुद्ध प्रचारवाजी र माओवादको गुणगान गरेका कारण सुरक्षामा खतरा देखिएको भन्दै स्थानीय प्रशासनलाई सचेत गराएपछि यो कदम चालिएको बताइन्छ ।

Loading...

गुप्तचरका अनुसार नेपालबाट चल्ने माईती नेपाल, नेपालीको रेडियो, चैनल ११, रेडियो नेपाल, कान्तिपुर एफएम, रोडियो अमारापुर, रेडियो तंरङ आदी छन् । सम्बन्धित प्रदेश सरकारले पनि नेपाल सरकारलाई पत्र लेखि प्रशारण रोक्न आग्रह गरेको छ ।

Facebook Comments

Loading...