अब नेपालमा ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर समेत तयार हुदै

0
305
loading...

अब नेपालमा ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर समेत तयार हुदै

विराटनगर/ केही समयपछि नै विराटनगरबाट भारतका मुख्य सहरमा हवाइ जहाज आउजाउ सम्भव हुने भएको छ । यहाँबाट दिल्ली, कलकत्ता, सिक्कि र भुटानसम्म पनि उडान हुने गरी सरकारले तयारी गरेको छ ।

विमानस्थलको धावनमार्गलाई पश्चिमतर्फ १ हजार ५ सय मिटर विस्तार गर्न प्रदेश सरकारले प्रक्रिया अघि बढाएसँगै यो सम्भावना बढेको हो । प्रदेश नम्बर १ सरकारले यो विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल लिएको हो । मुख्यमन्त्री शेरधन राईले पश्चिमतर्फ १ हजार ५ सय मिटर धावनमार्ग विस्तार गर्न सङ्घीय सरकारलाइ पत्राचार गरिएको बताएका छन् ।

विमानस्थलको धावनमार्ग हाल १ हजार ५ सय मिटरको छ । यसलाई ३ हजार मिटरमा विस्तार गरिने छ । अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन गर्न सकिने संघीय सरकारले बजेटमार्फत पनि सम्बोधन गरेको छ ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि विराटनगर विमानस्थललाई विस्तार गरी क्षमता बढाउने भनिएको छ ।  विशेषज्ञको राय अनुसार धावनमार्गलाई थप १ हजार ५ सय मिटर विस्तार गर्न ६० बिघा जमिन अधिग्रहण गर्नुपर्छ ।

loading...

यसबाहेक भौतिक संरचनाका लागि १० बिघा जमिन छुट्टै अधिग्रहण गर्नु आवश्यक छ । संघीय सरकार पनि यो कामका लागि तयार रहेको मुख्यमन्त्री राईले जनाएका छन् । स्तरोन्नतिका लागि आवश्यक पर्ने ७० बिघा जमिनको मुआब्जा उपलब्ध गराउन सङ्घीय सरकार सैद्धान्तिक रूपमा सहमत रहेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले तत्काल विमानस्थलको पूर्वतर्फको साढे ४ बिघा जमिनको अधिग्रहणको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

आचार्यका अनुसार धावनमार्गको थोरै विस्तार र ट्याक्सी पार्किङको ठाउँका लागि थप साढे चार बिघा जमिन अधिग्रहण गरिएको हो।   अधिग्रहणका लागि सङ्घीय सरकारबाट ४० करोड रुपैयाँ प्राप्त भएको छ । थप २९ करोड अपुग हुने बताइएको छ । विमानस्थलभित्र थप दुई वटा लिङ्क ट्याक्सी वे र ६ वटा जहाज पार्किङ्ग स्थल निर्माण गरिसकेपछि मात्र अन्तरदेशीय उडान सुरु गर्न सकिने छ ।

Loading...

तत्काल १ हजार ५ सय मिटरको रन वे भएको यस विमानस्थलमा लिंक ट्याक्सी वे एक र ३ वटा जहाज पार्किङ् गर्ने स्थल रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विराटनगर विमानस्थल अहिलेको ठाउँमा २०२५ सालदेखि सञ्चालनमा आएको हो। हाल दैनिक १५ उडान भइरहेको र १ हजार ६ सयले सेवा पाइरहेको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ ।

Facebook Comments

Loading...