दक्षिण कोरियामा पनि विवेकशील साझाको सद्भाव समूह बिस्तार तिब्र

0
158
विवेकशील साझाको
loading...

दक्षिण कोरियामा पनि विवेकशील साझाको सद्भाव समूह बिस्तार तिब्र

विवेकशील साझा पार्टिले २०७५ साल लाई संगठन विस्तार वर्षको रूपमा घोषणा गर्दै देश तथा विदेशमा संगठन विस्तारको अभियानलाई तीव्र बनाएको छ । आइतबार दक्षिण कोरियाको सुवन, ह्वासंगमा सदभाव समूह गठन गरेको छ ।

गत महिनामा किम्हे शहरमा सद्भाव समूह गठन गरेको थियो । दक्षिण कोरियाको सुवन, ह्वासंग साथै वरपर शहरका विवेकशील साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूविच बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान साथै सुवन-ह्वासंग सद्भाव समूह गठन कार्यक्रम सम्पन्न भएको छ ।

loading...

सुवन तथा ह्वासंग शहरका सदस्यहरूको बैठकले श्री सूर्य प्रसाद पोखरेल को संयोजकत्वमा ९ सदस्यीय सद्भाव समूह गठन गरेको छ । उपसंयोजकमा श्री राम प्रसाद शर्मालाई चयन भएका छन् । सदस्यहरूमा भागीरथ पराजुली, खुम बहादुर थापा, किशोर कुमार भट्ट , सुन्दरराज तिवारी, सुरेश कुमार थापा , योगेन्द्र लम्साल, .नरेश कुमार बल रहेका छन् । नवगठीत समूहले श्री आरपि देवकोटा लाई सल्लाहकारको रूपमा चयन गरेको छ ।

Loading...


कार्यक्रमको क्रममा श्री कृष्ण थापाले आन्सङ्ग तथा श्री विनोद कुमार राई ले आनसान सीको प्रतिनिधिको जिम्मेवारी ग्रहण गर्नुभएको छ। कार्यक्रममा उपस्थित अधिकांश शूभेच्छुकहरूले सदस्यता ग्रहण गर्नुभएको थियो ।

Facebook Comments

Loading...