भाेजपुर हातेमालो समाजकाे वार्षिक उत्सव तथा दाेश्राे महाधिवेशन सम्पन्न

0
177
bhojpur hatemalo stimnews
loading...

भाेजपुर हातेमालो समाजकाे वार्षिक उत्सव तथा दाेश्राे महाधिवेशन सम्पन्न

युएई/ युएईमा कार्यरत भोजपुरेहरुको साझा संगठन भोजपुर हातेमालो समाज युएईले आफ्नो दोश्रो वार्षिक उत्सव तथा महाधिवेशन सम्पन्न गरेको छ।

loading...

केन्द्रीय समितीका कार्यबाहक प्रमुख प्रेम शेर्पा को सभापतित्वमा तथा बिर बहादुर तामाङ्गको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रममा बिभिन्न जिल्ला गत सस्था प्रमुखहरु तथा समाजको सल्लाहकार समिती प्रमुखहरुले आतिथीको आसनग्रहण गर्नुभएको थियो। कार्यक्रमलाई बराह ज्वलरीले प्रायोजन गरेको थियो।

कार्यक्रम सञ्चालक समाजका महासचिव तिर्थ योञ्जनले गरेका थिए भने स्वागत मन्तव्य अलऐन क्षेत्रीय सचिव श्री शम्भु राईले दिएका थिए साथै शुभकामना मन्तव्यमा क्रमस: उदयपुर सेवा समाज प्रतिनिधि मनाेज पाैडेल तथा तामाङ समाज अबुधावि प्रतिनिधि वीर बहादुर लामा लगायत जिल्ला गत प्रतिनिधि हरु बाट शुभकामना मन्तव्य दिएका थिए ।

समाजको वार्षिक आर्थिक प्रतिवेदन केन्द्रीय काेषाध्यक्ष लक्ष्मि राई तथा सस्थागत प्रगती प्रतिवेदन महासचिव तिर्थ याेञ्जन दृारा प्रस्तुत गरेका थिए। कार्यकर्ममा स्थानिय कलाकारहरुले बिभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत् गरेका थिए।

अाैपचारि रुपमा कार्यक्रम सम्पन्न गरि निर्वाचन सयाेजक चन्द कला साम्पाङ राई काे नेतृत्वमा बन्द्र सत्र गरी अध्यक्ष अवतार याेञ्जन काे नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको थियोे ।

कार्यक्रममा समाजका अाजिवन सदस्य हरुलाई प्रमाण – पत्र बितरण, कलाकार प्रशसा – पत्र प्रदान, कार्यक्रम प्रायोजक बराह ज्वेलरीलाई प्रसंसा – पत्र प्रदान गरिएको थियोे। र साथै समाज मा रहेर पुर्णकालिन पदिय जिम्मेवारी पुरा गरी स्वदेश फर्कन लाग्नु भएको लेखा समिति दुर्गा माेक्तान र निबर्तमान महासचिव तिर्थ याेञ्जनलाई उहाहरुको प्रशसनिय कार्य काे उच्च मुल्यांकन गर्दै समाजले सम्मान तथा प्रशसा -पत्र बितरण  बिदाई कार्यक्रम गरिएको थियोे ।

Loading...

bhojpur hatemalo
सपथग्रहण गर्दै नया कार्यसमिती

Facebook Comments

Loading...