तिब्र आलोचना भएपछि सांसद बन्न योजनाबाट पछी हटे बामदेब, अब के होला?

0
159
वामगठबन्धनको,वामदेव गौतमले

तिब्र आलोचना भएपछि सांसद बन्न योजनाबाट पछी हटे बामदेब, अब के होला?

काठमाडौं । सत्तारुढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्न योजनाबाट तत्कालका लागि पछि हटेकाे समाचार अाजका प्रमुख दैनिक पत्रिकाहरुले महत्वका साथ लेखेका छन् ।

पार्टीभित्रको तीव्र विरोध र निर्वाचन क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेको खबर कान्तिपुर दैनिकमा छ ।

गाैतमले बिहीबार स्थानीय नेताहरूलाई आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन्। स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायत कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए।

loading...

‘अहिलेको परिस्थिति र प्रतिक्रिया सुन्दा निर्वाचनमा सहभागी हुनेजस्तो वातावरण देखिएन’, गौतमको भनाइ उद्धृत गर्दै काठमाडौं ७ का ती नेताले भने। स्थानीय नेता र काठमाडौंबाट निर्वाचित प्रदेशसभाका सदस्यहरूले बिहीबार गौतमलाई भेटेर छलफल गर्न खोजेका थिए। तर भेट्नका लागि आग्रह गर्नेलाई उनले आफू तत्काल त्यहाँ चुनाव लड्न नआउने जानकारी दिएका थिए।

नागरिक दैनिकका अनुसार पार्टी असहयोगको अवस्था आएपछि निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए। ‘पार्टीभित्रैबाट असहयोग हुने भएपछि काठमाडौं- ७ खाली गराएर चुनाव लड्ने निर्णयबाट गौतमजी पछि हट्नुभएको हो।’

Loading...

नयाँ पत्रिका दैनिकका अनुसार ‘तपाइँहरूको सद्भावका लागि धन्यवाद तर, अब काठमाडौं ७ बाट उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड भयो’, गौतमले त्यस क्षेत्रका प्रदेशसभा सदस्यहरूलाई टेलिफोनबाट भने, ‘मैले अहिलेका लागि यी सबै सन्दर्भलाई सहज रूपमा लिएको छु।’

loading...

Facebook Comments

Loading...