एशियामै सबैभन्दा कम तौल भएकी बालिका चेरी ,तीन सय ७५ ग्राम

0
376
सबैभन्दा कम तौल
loading...

एशियामै सबैभन्दा कम तौल भएकी बालिका चेरी ,तीन सय ७५ ग्राम

भारतको हैदराबाद सहरमा एउटी अचम्मकी बालिकाको जन्म भएको छ । जन्मिने बेला मात्र तीन सय ७५ ग्राम तौल रहेकी ती बालिकालाई दक्षिणपूर्व एशियामै सबैभन्दा कम तौल बालिकाको रूपमा हेरिँदैछ । हैदराबादको रेनबो अस्पतालमा गत हप्ता जन्मिएकी यी बालिकाको नाम चेरी राखिएको छ । सामान्यतया बच्चा जन्मिदा उसको तौल अढाई किलो देखी साढ़े तीन किलोको बीचमा हुने भएपनि चेरीको वजन मात्र तीन सय ७५ ग्राम रहेको छ ।

loading...

चिकित्सकहरूका अनुसार चेरी महीना नपुगी जन्मेकी हुन् । २५ औं हप्तामा नै जन्मिएकी उनको लम्बाई समेत लगभग २० सेन्टीमीटर रहेको छ । उनी सामान्य मानिसको हत्केलामा अटाउँथिन् । चिकित्सकहरूका अनुसार सामान्यतया गर्भधारण गरेको ३६ देखि ४० हप्तामा बच्चा जन्मिन्छ । र यस अघि जन्मिएका बच्चाहरू समय नपुगी जन्मिएका मानिन्छन् । सामान्यतया यस्ता बच्चाहरू पूर्णरूपमा विकसित भएका नहुने भएकाले इनलाई बाँच्न गाह्रो हुने गर्छ । झन् निर्धारित समयभन्दा चार महिना अगावै जन्मिएकी चेरीका लागि बाँच्नु कम चुनौतीपूर्ण थिएन।

Loading...

निरंतर चिकित्सकीय निगरानीमा राखिएकी चेरीको स्वास्थ्य अवस्था बिस्तारै सामान्य हुँदैछ र अब उनको तौल अढाई किलो भइसकेको छ। डाक्टरहरूका अनुसार चेरीजस्तो अवस्थामा जन्मिएका ०।५ प्रतिशत बच्चाहरू मात्र जीवित रहने गर्दछन् । उनीहरुलाई सामान्य अवस्थामा समेत संक्रमण हुनसक्ने भएकाले उनीहरुलाई बचाउन साह्रै गाह्रो हुने गर्दछ ।

Facebook Comments

Loading...