दशैं र तिहारमा ४ दिनका लागि मदिरा सेवनमा निषेध !

0
117
मदिरा सेवनमा निषेध

दशैं र तिहारमा ४ दिनका लागि मदिरा सेवनमा निषेध !

कञ्चनपुर /कञ्चनपुरमा दशैं र तिहारको समयमा ४ दिन मदिरा बन्द गरिने भएको छ । शान्ति सुरक्षाका लागि दशैं र तिहारमा दुई–दुई दिन गरेर ४ दिन मदिरा बन्द गरिने निर्णय भएको हो ।

loading...

आज सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकले महान् चाड दशैं र तिहारका समयमा मदिरा निषेध गरिने निर्णय भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । उनका अनुसार मदिराका कारण विभिन्न किसिमका घटना हुने भएकाले घटना न्यूनिकरण गर्नका लागि चार दिन मदिरा बन्द गरिने भएको हो ।

Loading...

चाडपर्वलाई मध्यनजर गर्दै मदिरा उत्पादन, विक्री वितरण र सेवनमा रोक लगाइएको उनले बताए । दसैँको नवमी, दशमी र तिहारको गोर्बदधन पुजा र भाईटीकाको दिन मदिरा बन्द गर्ने निर्णय गरिएको हो । उक्त चार दिन मदिरा उत्पादन, विक्री वितरण, ओसारपोसार नगर्न नगराउनका लागि जिल्लाभरी प्रहरी, प्रशासन, नागरिक समाज र मिडिया मार्फत सूचना जारी गरिने र सो सूचना जारी गर्दा पनि कसैले अटेरी गरी प्रशासनको निर्णय उलङघन गरेमा कानुन बमोजिम सजाय हुने उनले चेतावनी दिए ।

loading...

Facebook Comments

Loading...