अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या

0
231
आफ्नै अंगरक्षकद्धारा गोली
loading...

अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या

एजेन्सी /अफगानिस्तानका एक उच्च सुरक्षा कमाण्डरको हत्या भएको छ । कान्दाहार प्रान्तका प्रहरी प्रमुख जनरल अब्दुल राजिकलाई उनकै अंगरक्षकले गोली हानी हत्या गरेका हुन् । तालिबान बिद्रोहीले घटनाको जिम्मेवारी लिएको छ ।

loading...

आफूहरुको निशानामा जनरल राजिक र अमेरिकी कमाण्डर जनरल स्कट मिलर रहेको तालिबानले दाबी गरेको छ । अमेरिकी कमाण्डर जनरल मिलर भने भाग्न सफल भएका छन् । कान्दाहारका गभर्नरको घरमा भएको उच्च स्तरीय बैठक लगत्तै आक्रमण भएको हो ।

Loading...

यसक्रममा स्थानीय जासुसी संस्थाका प्रमुखको पनि ज्यान गएको छ । गभर्नर गम्भीर घाइते भएका छन् । तीन अमेकिरी नागरिक पनि घाइते भएका छन् ।कान्दाहारमा आउँदो शनिबार चुनाव हुँदैछ, त्यसको नजिकै पारेर आक्रमण भएको हो । आक्रमणकारी पनि मारिएको दाबी गरिएको छ ।

Facebook Comments

Loading...