टीकाको दोस्रो दिन, हिजो टीका लगाउन नपाएकाले आज लगाउँदै

0
254
टिका लगाउदा दिने आशिष,टीकाको दोस्रो दिन
loading...

टीकाको दोस्रो दिन, हिजो टीका लगाउन नपाएकाले आज लगाउँदै

पोखरा/ बडादशैंअन्तर्गत टिकाको दोश्रो दिन आज पनि हिन्दू नेपालीहरुले मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी छ । बिहानै देखि आफू भन्दा ठूलाका हातबाट टीका थाप्न जानेको भिडभाड छ ।

दशमीको दिन मान्यजनबाट टिका लगाउन नभ्याउनेले दसैको पूर्णिमासम्मनै आफन्त र मान्यजनको हातबाट टिका लगाउने गरिन्छ। विशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले आज पनि टिका लगाउने गरिएको हो । दसैंका बेलामा सार्वजनिक गाडी धेरै नचेलेकाले हिँडेरै भए पनि आफन्तकोमा टीका थाप्न विहानैदेखि हिडेका छन् ।

Loading...

loading...

प्रतिपदाबाट सुरु गरिएको पूजा आराधना दशमीको दिन नै बिसर्जन गरिए पनि कोजाग्रत पूर्णिमासम्म टिका ग्रहण गर्ने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भवगतीको स्तोत्रपाठ समेत गर्ने चलन छ ।

Facebook Comments

Loading...