चितवनका एकसय एम्बुलेन्स जीपीएस प्रणालीमा जोडिने

0
289
चितवनका एकसय एम्बुलेन्स

चितवनका एकसय एम्बुलेन्स जीपीएस प्रणालीमा जोडिने

चितवन,२१ साउन । चितवनका एम्बुलेन्समा अत्याधुनिक प्रविधि जीपीएस (ग्लोवल पोजिसनिङ सिस्टम) जोडिने भएको छ।

एम्बुलेन्स चालकहरुकै सक्रियतामा देशमै पहिलो पटक एम्बुलेन्समा जीपीएस जडान गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

एम्बुलेन्स कुन क्षेत्रमा छ भन्नेबारे जानकारी पाउने गरी जीपीएस ट्रयाकिङ सिस्टम जडान गर्न लागिएको हो । अब इन्टरनेटको माध्यमबाट कुन एम्बुलेन्स कुन क्षेत्रमा छ तुरुन्तै थाहा पाउन सकिने भएको छ।

यसको फाइदा प्रत्यक्ष जनताले पाउने भएका छन् । जीपीएस सिस्टम सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघले भरतपुरमा कन्ट्रोल रूम राखेको छ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपालले टेक्नोलोजी सेल्स प्रा.लि. काठमाडौंसँगको सहकार्यमा पहिलो पटक चितवनका एक सय एम्बुलेन्समा जीपीएस जोड्न लागेको संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए । ‘चितवनमा परीक्षण गर्दैछौं, सफल भयौं भने छिट्टै नै देश भरि नै यो प्रविधि विस्तार हुनेछ,’ उनले भने।

यस प्रविधिले एम्बुलेन्स सेवालाई झनै प्रभावकारी बनाउनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष लामिछानेले बताए । अत्यावश्यक सेवालाई राज्यले उपेक्षा गरिरहेको सम्दर्भममा आफूहरुले दायित्व सम्झेर इमान्दारि पूर्वक काम गर्न समय अनुसार प्रविधिलाई अंगालेको अध्यक्ष लामिछानेको भनाइ छ।

नजिकको एम्बुलेन्स बोलाउन सकिने
आइतबार भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश ३ का सांसद् घनश्याम दाहालले जीपीएस सिस्टमको सुरूआत गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् दाहालले राज्यले गर्नुपर्ने काम एउटा ट्रेड युनियनले गरेको भन्दै धन्यवाद व्यक्त गरे । तर, यसको दीगो व्यवस्थापनका लागि भने धेरै मेहनत गर्नुपर्ने उनले बताए।

‘अब एम्बुलेन्सको लागि भौंतारिनु पर्दैन’, टेक्नोलोजी सेल्सका प्रतिनिधि राम रिमालल भने, ‘आफ्नो नजिक खाली एम्बुलेन्स पत्ता लगाएर बोलाउन सकिन्छ, जसले गर्दा बिरामीलाई छिटो अस्पताल पुर्याउन सकिन्छ।’

यस पेशालाई मर्यादित र अनुशासित बनाउन तथा एम्बुलेन्स चालकमाथि लाग्दै आएको आरोप खण्डन गर्नका लागि जीपीएस जडान आवश्यक रहेकाले संस्थाको पहलमा यो काम भएको जिल्ला अध्यक्ष सुमन घलेले बताए।

एम्बुलेन्स चालक बावुराम शर्माले जीपीएस प्रविधिले चालकहरुलाई फाइदा पुग्नेमा ढुक्क रहेको बताए । टेकप्रसाद अर्याल स्मृति प्रतिष्ठानका चालक राजु अर्यालले सूचना प्रविधिको युगमा यसलाई अंगालेर अघि वढ्नुको विकल्प नरहेको बताए ।

Facebook Comments

Loading...