यो दशैमा यसरी बनाउनुहोस मासुको अचार, जानकारी सहित !

0
497
मासुको अचार
loading...

यो दशैमा यसरी बनाउनुहोस मासुको अचार, जानकारी सहित !

अचार बिना खाना खल्लो हुन्छ। अचारले खान सर्भ गर्ने मात्र नभई खानामा पूर्णता दिन्छ । नेपाली खानामा अचार विशेष गरि शाकाहारी हुन्छ । तर आज हामीले यहाँ मांसाहारी अचारको बारेमा कुरा गर्दैछौं । कसरि बनाउने त मासुको अचार ?

सामग्री

१ किलो खसीको मासु (छाला बोसो नभएको),
तोरीको तेल आवश्यकता अनुसार,
१० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिध्नु,
२५/२५ ग्राम जिरा, धनियाँ, रायो वा मुलाको बिउ -दाना) भुटेर पिध्ने,
नुन, बेसार आवश्यकता अनुसार
चूक अमिलो आधा चम्चा,
५०/५० ग्राम अदुवा पीस गरेको।

loading...

बनाउने विधि :

मासु सफा गरी नुन बेसार राखेर पाक्ने गरी उसिन्ने र पानी निचोरेर लामो मसिनो पीस गरेर काट्ने ।
अब तेल तताई राम्रो कडा हुने गरी तार्ने।
अदुवा, लसुन पनि तार्ने र बचेको तेलमा सबै मसला अदुवा, लसुन, अमिलो राखी चलाउने
यसलाई सुख्खा सीसीमा राख्ने ।

तेल नपुगेमा अर्को तताई डुब्ने गरी राख्नु तेलमा यसरी बनाएको अचार ५/६ महिनासम्म राखी खान सकिन्छ। सीसीबाट निकाल्दा चम्चा चिसो हुनु हुँदैन।

Loading...

यो अचार खसी बाहेक चिकेन वा वफको पनि बनाउन सकिन्छ। तर वफ बनाउँदा अलिकति टिमुरको धुलो राख्नुपर्छ। अन्य मसला सोही अनुसार राख्नुपर्छ।

Facebook Comments

Loading...