त्रिशूली जलविद्युत आयोजनामा आगलागी, नुवाकोटमा विद्युत आपूर्ति बन्द

0
त्रिशूली जलविद्युत
Advertisement

त्रिशूली जलविद्युत आयोजनामा आगलागी, नुवाकोटमा विद्युत आपूर्ति बन्द

काठमाडौं – नुवाकोटमा रहेको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको छ ।नुवाकोटको विदुर नगरपालिका वडा नम्बर एकमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ ।

बुधबार साँझ आयोजनामा रहेको ६.६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरेर आगो निभाइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीबाट के कति भौतिक क्षति भयो भन्ने जानकारी नआएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

आगलागीबाट नुवाकोटमा विद्युत आपूर्ति बन्द भएको छ भने धादिङ र रसुवाका केही भागमा पनि विद्युत आपूर्ति बन्द भएको छ ।

आयोजनाको यो प्लान्टमा गएको असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो ।

Loading...

Facebook Comments

Loading...