चर्चित अभिनेता नाना पाटेकारमाथि यौन दुर्व्यवाहको आरोप

0
185

चर्चित अभिनेता नाना पाटेकारमाथि यौन दुर्व्यवाहको आरोप

एजेन्सी : बलिउडका चर्चित अभिनेता नाना पाटेकारमाथि यौन दुर्व्यवाहको आरोपले अहिले बलिउड तरंगित बनेको छ । अभिनेत्री तनुश्रीले सन् २००८मा आफूमाथि पाटेकरले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उक्त आरोपमाथि अहिले कानुनी प्रक्रिया शुरु भएको छ ।

loading...

तनुश्रीले मुम्बईको एक पुलिस स्टेसनमा पाटेकारविरुद्ध जाहेरी दर्ता गराईकी छन् । सन् २००८ मा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उनले ४ जनाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । फिल्म ‘हर्न ओके’को आइटम गीत सुटिङका क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै अभिनेता नाना पाटेकर, कोरियोग्राफर गणेश आचार्य, निर्देशक राकेश सारंग र निर्माता समी सिद्दी विरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

तनुश्रीले दिएको जाहेरी यस्तो छ :

सन् २००८ मा निर्माता समी र निर्देशक सारंगले मलाई फिल्मको आइटम गीतमा अभिनयका लागि बोलाएका थिए । सन् सोही वर्षको मार्च महिनामा एक स्टुडियोमा फिल्मको छायांकन भइरहेको थियो । गणेश आचार्यले भिडियोको कोरियोग्राफी गरिरहेका थिए । सोही समय निर्माता र निर्देशकले फिल्ममा नाना पाटेकर पनि अभिनय गरिरहेका छन् भन्ने खबर मलाई सुनाए । तर गीतमा भने मैले एक्लै अभिनय गर्नुपर्ने थियो । गीतको एक लाइनमा पाटेकरको पनि अभिनय छ तर उक्त दृष्य केही समयपछि छायांकन हुनेछ भनिएको थियो । किनकि, उक्त दृष्यमा मेरो कोरियोग्राफी रहेको छैन । छायांकन सोटमा जानुपूर्व नै मैले स्पस्ट भनेकी थिए कि कुनै पनि अभद्र, अश्लील र असुविधाजनक डान्स स्टेपहरु म गर्दिन । पूर्वयोजना अनुरुप गीतको छायांकन ४ दिनको समयावधिमा सक्नुपर्ने थियो  । तर पाटेकरको भने कुनै भुमिका रहने थिएन। छायांकनमा आफ्नो कुनै हिस्सा नहुँदा-नहुदैपनि पाटेकर भने चारै दिन छायांकन स्थलमा थिए ।

छायांकनको चौथो दिन करिब सय जनाको हाराहारीमा फिल्म युनिटका सबै मानिस थियौं । मलाई उक्त समय पाटेकरले गीतका लागि केही स्टेप सिकाउने बाहाना बनाएर मलाई छोए । पाटेकर गीतका कोरियोग्रफर पनि थिएनन् तरपनि उनले मलाई सिकाउने बहाना बनाएर छुन आए । पाटेकरले यतिसम्म गर्दा त्यहाँ भएका सबैजना दर्शक बनेर चुपचाप हेरिरहे । पाटेकरले त्यहाँ भएका सबै कलाकार, कोरियोग्राफरलगायतलाई अन्यत्र जान आग्रह समेत गरे । जुन समय पाटेकरले मेरो अस्मिता माथी चोट पुर्‍याउन सक्थे ।

मैले तत्कालै कोरियोग्राफर, निर्माता र निर्देशकलाई यो पोल खोलिदिएँ । तर त्यति भन्दा भन्दै पनि पछि उल्टै मलाई छायांकन सेटमा बोलाएर पाटेकरसँग केही इन्टिमेट डान्स स्टेप गर्न आग्रह गरियो । उक्त स्टेपका लागि कुनै पूर्व योजना नै थिएन । तर निर्माता, निर्देशक र कोरियोग्राफरले मलाई उक्त इन्टिमेट स्टेप गर्न आग्रह गरिरहेका थिए । यस्तो निर्ण‍य उनीहरुले सुटिङ सेटमै छोटो समयको अविधिमा तय गरेका थिए । तर मलाई पूर्व जानकारी नै थिएन त्यसैले मैले यसको विरोध गरिरहेँ।

मैले विरोध गर्दा उनीहरुले मलाई धम्की समेत दिए । भन्दै थिए कि, मलाई सुटिङ सेटबाट हटाएर मिडिया समक्ष बदनाम गरिदिन्छौं । तर उनीहरुको आग्रह र धम्की नमानी म आफ्नो चेन्जिङ रुमतर्फ गएँ । त्यहाँ सबैजना पाटेकरकै समर्थन गरिरहेका थिए अनि मलाई अन्तरंग स्टेप्सका लागि दबाब दिइरहेका थिए ।

Loading...

मैले मेरा बुबालाई सुटिङ सेटमै बोलाएँ । त्यतिबेलासम्ममा पाटेकर सेट छोडेर त्यहाँबाट बाहिरिसकेका थिए । त्यसपछि भने त्यहाँ सुटिङ नै बन्द गरियो । उतिबेला सेटमा भिड बढेको थियो । जहाँ भारतीय राजनितिक पार्टी महाराष्ट्र नवनिर्माण सेनाका सदस्यको उपस्थिति बाक्लो बनेको थियो । उनीहरु पाटेकरको समर्थनमा नारा लगाउदै थिए । सोही समय उनीहरुले मेरो गाडीमाथि पनि तोडफोड गर्न थाले । यी सबै घटनाका कारण म नजिकैको प्रहरी चौकीमा उजुरी गर्न गएँ तर चौकीले उक्त उजुरीमाथि कुनै सुनुवाई नै गरेन ।’

loading...

Facebook Comments

Loading...